स्वागतम्

नेपाल भित्र खानेपानी र ढल निकास सम्बन्धी सेवा संचालनको व्यवस्था गर्न संवत् २०२९ सालमा खानेपानी तथा ढल निकास विभाग स्थापना हुँदा राजधानी काठमाण्डौको अलावा अन्य केही शहरी क्षेत्र तथा ग्रामीण बस्तीहरूमा मात्र खानेपानी सुविधा उपलब्ध गराइएकोथियो। यसपछि खानेपानी सेवा बिस्तारसँगै यस विभाग अन्तर्गत २०३४ सालमा तत्कालीन चारै विकास क्षेत्रमा डिभिजन कार्यालयहरू स्थापना गरि क्षेत्रियस्तरसम्म स्थायी संरचनाको विकास गरिएको थियो।त्यस अवस्थामा देशका विभिन्न ठाउँमा संचालन हुने खानेपानी आयोजनाहरूको यीनै डिभिजन कार्यालयहरूबाट योजना तर्जुमा कार्यान्वयन तथा अनुगमन र सुपरिवेक्षण हुने गरी अस्थायी योजना कार्यालयहरू मार्फत कार्य संचालन हुने व्यवस्था रहेको थियो। यसका अतिरिक्त तत्कालीन स्थानीय विकास विभाग ( पछि पञ्चायत तथा स्थानीय विकास मन्त्रालय ) का साथै तत्कालीन जिल्ला पञ्चायतहरूबाट समेत खानेपानी क्षेत्रको काम समानान्तर रूपमा हुने गरेको थियो।

सन् १९८० को दशकलाई अन्तर्राष्ट्रिय खानेपानी दशकको रूपमा घोषणा गर्ने विश्वस्वास्थ्यसंगठनको प्रस्तावप्रति तत्कालीन श्री ५ को सरकारले प्रतिबद्धता जनाए पछि खानेपानी क्षेत्रमा सरकारी लगानी वृद्धिहुँदै जाँदा खानेपानी तथा ढल निकास विभाग अन्तर्गत क्षेत्रीय स्तरका ४ वटा कार्यालयहरू रती कार्यालय अन्तर्गत केही विकास तर्फका समेत डिभिजन कार्यालयहरूको व्यवस्था गरी कार्य संचालन गरिएको थियो। यो अवस्था संवत् २०४५ सालसम्म विद्यमान रहेको थियो।

यस अघि एकै किसिमको कार्यक्रम विभिन्न निकायबाट संचालन हुँदा देखिन आएका योजना छनौटमा दोहोरो पना, कामको गुणस्तर तथा मापदण्डमा विविधता र स्थायी संरचना तथा संजालको कमी आदिलाई ध्यानमा राखी यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण काम एउटै निकाय (खानेपानी तथा ढल निकास विभाग) बाट संचालन गर्ने गरी ५ क्षेत्रीय निर्देशनालय र ७५ जिल्ला खानेपानी कार्यालयहरूको सांगठनिक संजाल सहितको संरचना संवत् २०४५ सालमा स्वीकृत भई २०४५ पौष देखि कार्य संचालन शुरु गरियो। खानेपानी तथा ढल निकास विभागको यो सञ्जालको विकास सँगै यस भन्दा पहिले स्थानीय विकास मन्त्रालय (तत्कालीन पंचायत तथा स्थानीय विकास मन्त्रालय ) बाट संचाल नभएका सम्पूर्ण कार्यक्रमहरू यस विभागमा हस्तान्तरण गरि खानेपानी तथा ढल निकास विभागमा संलग्न अन्य निकायहरूबीच समन्वयकारी भूमिका निर्वाह गर्ने गरी यस क्षेत्रको अगुवा निकायको रूपमा यस विभागलाई तोकि कार्य संचालन गर्ने व्यवस्था लागू भयो।

यसै क्रममा २०५८//६ मा स्वीकृत संरचना अनुसार देशको पाँचै विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेका जिल्लाहरूमा सुपरीटेन्डेन्ट इन्जिनियर (रा..प्र.प्रा.) कार्यालय प्रमुख रहनेगरी ५ क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय तथा बाँकी जिल्लाहरू मध्ये सिनियर डिभिजनल इन्जिनियर (रा..द्वि.प्रा.) कार्यालय प्रमुख रहनेगरि ४८ डिभिजनर इन्जिनियर (रा..तृ.प्रा.) कार्यालय प्रमुखरहने गरी २२ सव-डिभिजन कार्यालयहरू छन् ।साथै खा.पातथा स.डि.का. सुनसरी, चितवन(भरतपुर), नेपालगन्ज, धनगढीरक्षे. . तथा सुपरिवेक्षण कार्यालय, पोखरा समेत ५ ठाउँमा क्षेत्रिय पानी परिक्षण प्रयोगशाला रहेको छ।

थप पढ्नुहोस्
तेज राज भट्ट

तेज राज भट्ट (महानिर्देशक)

सुनिल कुमार दास

सुनिल कुमार दास (उप–महानिर्देशक )

मनोज घिमेरे

मनोज घिमेरे (उप–महानिर्देशक )

मीना श्रेष्ठ

मीना श्रेष्ठ (उप–महानिर्देशक )

शेखर चन्द्र केसी

शेखर चन्द्र केसी (सुचना अधिकृित)

हाम्रो कार्यक्रमहरु